कमल कोपिला
१० माघ, २०८० कालिकोट ।
जाडो बढेसँगै मानिसहरू न्यानो तथा बाक्लो लुगाको खोजीमा वस्त्रालय (कपडा पसल) धाउन थाल्छन । विशेषगरी कालिकोटका बजारहरु लालिघाट, जिते बजार, मान्म जस्ता मुख्य बजारमा जाडोका पहिरन किन्नेहरूको भीड नै लाग्ने गर्छ । कपडा किन्नका लागि कतिपय मानिसहरु नेपालगञ्ज र सुर्खेत पनि धाउने गरेको पाईन्छ । यस्तोमा अधिकांशले स्वेटर, ज्याकेट, पञ्जा, पाइण्ट, डाउन कोट, विण्ड प्रूफ ज्याकेटलगायत जाडो छल्ने कपडा रोज्ने गर्दछन् ।
कतिपयलाई जाडोका लागि कस्तो कपडा किन्ने भन्ने अन्योल पनि हुने गरेको कालिकोटका व्यवसायीहरू बताउँछन् । यस्तो अवस्थामा फेशनलाई प्राथमिकता नदिई हावा नछिर्ने र न्यानो कपडा किन्नु उपयुक्त हुन्छ । जाडो समयमा भने वृद्धवृद्धाहरु बढि जसो कस्तो कपडा किन्ने र लगाउने भन्ने कुरामा अलमलमा परेका हुन्छन भने कतिपय मानिसहरु कपडा किन्न नसक्ने अवस्थामा हुन्छन । वर्षौअघि देखिका पुराना लत्ताकपडा लगाएरै बस्न बाध्य रहेको पाईन्छ । जहानका लागि नै लत्ता कपडा बनाउन भारत तिर लाग्ने गरेको समस्या त व्याप्त रहेको पाईन्छ । आर्थिक अभावका कारण यस्तै समस्या निकै झेल्नु पर्ने नरहरिनाथ ३ का मोति बिश्वकर्माले बताउनुभयो । ‘खाउ भने केहि छैन, लाउ भने केहि छैन । रुपिँया हुदैँनन समस्या मात्रै छन, सरकारले पनि हेरिदिए हुन्थ्यो’, उहाँले भन्नु भयो ।
न्यानो कपडा नहुँदा चिसोको कारणले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले स्वेटर, ज्याकेट, पञ्जा, पाइण्ट, कुर्तासलवार, डाउन कोट, विण्ड प्रूफ, ज्याकेटजस्ता न्यानो कपडा लगाउदा लाभान्वित हुन सकिन्छ । तर, कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा भने आर्थिक वर्ष २०८०/८१ मा बिपन्न्न नागरिक संग गाउँपालिका अध्यक्ष सहायता कार्यक्रम स्विकृत भएसँगै लागु समेत गरिएको छ नरहरिनाथ गाउँपालिकाका सम्पुर्ण ६८ बर्ष भन्दा माथिका अन्य ज्येष्ठ नागरिक र एकल महिलाहरु (विपन्न)लाई न्यानो कपडा वितरण गरिने गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनुभयो । जाडो बढिरहेका बेला ६८ बर्ष भन्दा माथिका अन्य ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको हो। ‘जाडो बढिरहेका बेला विपन्न नागरिकहरुलाई न्यानो रहनका लागि चिसोले कुनै समस्या नहोस् भनेर आर्थिक हिसावले कमजोर भएकाहरुलाई राहत होस् भनेर गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ मा स्विकृत गरेर बाडिएको हो’, उहाँले भन्नुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा विपन्न नागरिकसंग गाउँपालिका अध्यक्ष सहायता कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिकाले ४० लाख रकम छुट्याएको थियो । हालसम्म नरहरिनाथ गाउँपालिकाको वडा नं १,२,४,५,६ र ९ मा न्यानो कपडा बितरण सम्पन्न गरिएको र बाँकि वडाहरुमा लगत्तै वितरण गर्ने गाउँपालिकाका अध्यक्ष बिष्टले जानकारि दिनुभयो । हाल सम्म वडा नं १ मा १५३ जना, वडा नं २ मा १४६ जना, वडा नं ४ मा १५० जना, वडा नं ५ मा १०० जना, वडा नं ६ मा ११७ जना र वडा नं ९ मा १९७ जना जेष्ठ नागरिक र एकल महिलाहरुलाई वितरण गरिएको र बाँकि रहेकालाई तत्काल वितरण गरिने उहाँले बताउनुभयो । बाँकि रहेका समेत गरि जम्मा १२४८ जनालाई वितरण गरिने बताईएको छ। ‘जाडो बढिरहेका बेला न्यानो कपडा वितरण गर्दा स्थानिय वासि खुशि भएका छन । आगामि वर्षहरुमा पनि यस्तै कार्यक्रम ल्याउदा प्रभावकारि हुने ज्येष्ठ नागरिकहरुले बताएका छन । त्यस्तै नागरिकसँग प्रत्यक्ष जोडिएको यस्तो कार्यक्रम ल्याउन पाउदा आफु हर्षित भएको र आगामि दिनहरुमा जनतासँगै प्रत्यक्ष जोडिने कार्यक्रम ल्याउने गरि लागिरहेको र बुढा आमा बुवाको आँखामा खुशि ल्याउन पाउदा आफु पनि खुशि भएको छु’, उहाँले भन्नुभयो ।
त्यस्तै, नरहरिनाथ गाउँपालिकाका बाँकि रहेका वडाहरुमा तत्काल न्यानो कपडा वितरण गरिने नरहरिनाथ सरकारका प्रवक्ता प्रदिप बोहोराले जानकारि दिनुभएको छ । ‘जाडोमा न्यानो कपडा वितरण ६८ बर्ष भन्दा माथिका अन्य ज्येष्ठ नागरिक र एकल महिलाहरु मात्र नभएर अपाङ्गता भएका नागरिकहरुलाई पनि बाड्नु पर्ने अनुभव बटुलियो। आगामि वर्षहरुमा उहाँहरुलाई पनि समेटेर लिन्छौ’, उहाँले भन्नुभयो ।
विपन्न नागरिकसँग: गाउँपालिकाका अध्यक्ष बिष्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2.3k
+1
5.8k
+1
2.8k
+1
720
+1
310
+1
150
+1
602