कमल कोपिला
१९ माघ २०८० कालिकोट।
जिल्लाको नरहरिनाथ गाउँपालिकाको खाना र खाजा लगायत विविध खर्चलाई लिएर यतिबेला चौतर्फि आलोचना भैईरहेको छ। आर्थिक वर्ष २०७९-०८० को महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदन अनुसार १ वर्षको अवधिमा जनप्रतिनिधि र कर्मचारीहरूले २ करोड ५० लाखको भात र खाजा खाएका भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक संञ्जालमा व्यापक आलोचना गरिएको छ।
तर, यता महालेखा परिक्षकले सो कुरालाई भने त्रुटि भएको बताएको छ। सम्पादनमा त्रुटि भएका कारण २५ लाख हुनुपर्नेमा २ करोड ५० लाख भएकोले सच्याईएको महालेखापरिक्षकले बताएको हो।
नरहरिनाथ गाउँपालिकाले भने आर्थिक वर्ष २०७९-८० मा विविध खर्चमा २५ लाख मात्र छुट्याएको थियो। स्थानिय सरकार संञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि भित्र रहि औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। नरहरिनाथ गाउँपालिकाले खाना, खाजा लगायत विविध खर्च तर्फ २५ लाख खर्च गरेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टले बताउनुभयो। ‘कानुनि अधिकार भित्र रहि खाना, खाजा, सम्पुर्ण वडा तथा पालिकामा विषयगत शाखाका कार्यक्रममा खर्च गरेका हौ। र मलेपमा प्रतिवेदन तयार पार्दा टाईपिङमा त्रुटि भएकोले समस्या भयो। त्यसलाई मलेपले सच्याईसकेको छ।’, उहाँले भन्नुभयो।
गाउँपालिकाको हिँउदे गाउँ सभा सकिए लगत्तै जनप्रतिनिधि लगायतको टोलि यतिबेला संघिय सरकारसँग विभिन्न योजना मागका लागि भेटघाट तथा छलफलको क्रममा रहेको छ। अहिले सम्म नरहरिनाथ सरकारका जनप्रतिनिधि र विभिन्न दलका नेताहरु लगायतको टोलिद्वारा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सिँहदरवार काठमाडौंमा माननिय मन्त्री प्रकाश ज्वाला सँग, ओडिखोला तटबन्धन, लालिघाट देखि गाउँपालिका सम्मको सडकको स्तरोन्नति, लालिघाट देखि सुनथरालि विमानस्थल सम्मको सडक स्तरोन्न्ति, खुलालु रानिखेत सडक स्तरोन्नति र लामासाँघु नुवादेव माडु सडक स्तरोन्न्ति लगायतका योजना माग गरिएको छ भने खानेपानी मन्त्रालयमा माननिय मन्त्री महिन्द्रा राय यादव सँग उप्पाँया डाँडा भौतेखोला मुहान तुर्केखोला डिके सम्म खानेपानी योजना र बतासे मुहान देखि पाल्त काफलपाटा नाउ अल्लेना हुदै बसन्तपुर खानेपानी योजना माग गरिएको छ। त्यस्तै उक्त टोलिद्वारा शहरि विकास मन्त्रालय सिँहदरवार काठमाडौंमा माननिय मन्त्री सिता गुरुङ सँग, नरहरिनाथ गाउँपालिका बहुउद्देश्यिय सामुदायिक भवन (सभा हल) निर्माणका लागि माग गरिएको छ।
योजनाहरुको माग गर्न विभिन्न मन्त्रालय धाउँदा कागजात मिलाउन गएको भन्दै आएका समाचार र अभिव्यक्ति प्रति जनप्रतिनिधिले दु:ख व्यक्त गरेका छन। त्यस्तै यस्ता भ्रामक कुराहरुको गतिविधिका कारण गाउँपालिकाको वदनाम भएको बताएका छन। सिंहदरवार झस्काउन हिडेका जनप्रतिनिधिहरु एक्कासि चौतर्फि यस्तो खबर आउदा अचम्ममा परेका छन ।
नरहरिनाथ गाउँपालिकाको विकास र समृद्धिको लागि सिँहदरवार धाईरहेका जनप्रतिनिधिलाई यस्तो खबर सुन्दा अच्चम्मित हुनु स्वभाविक पनि हो। यस्तै मलेपले पनि सच्याएको सो रकमलाई सैदान्तिक बेरुजुमा उल्लेख गरेको छ भने यस विषयमा गाउँपालिकाले आफ्नो कुनै पनि अभिव्यक्ति दिने धारणा बनाएको छैन। अनावश्यक हल्लाको पछि नलाग्ने जनप्रतिनिधिले बताएका छन।