कमल कोपिला
२२ माघ, २०८० कालिकोट।
जिल्लाको नरहरिनाथ गाउँपालिकाको सिँगो जनप्रतिनिधि र विभिन्न दलका नेताहरु लगायतको टोलिले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिँहदरवार काठमाडौंमा सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्युसँग सुनथरालि विमानस्थल सुचारुको बिसयमा सुखद छलफल गरेको छ।

विमानस्थललाई जतिसक्दो चाडो संञ्चालन गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्दता व्यक्त गर्नुभयो। हिँउदे अधिवेशन का लागि बजेट तथा योजना बनाउने समयमा नरहरिनाथ गाउँपालिका आएकोले उपयुक्त समयमा आउनुभएको भन्दै खुशि व्यक्त गर्नुभयो। आफुले जतिसक्दो माग गरिएका योजनाहरु लाई कार्यन्वयनमा ल्याउने आश्वासन दिनुभयो।

त्यस्तै शहिद पार्क निर्माण , योगि नरहरिनाथ अन्तराष्ट्रिय संग्राहलय, खुलालु बसन्तपुर बर्जु हुदै रामारोशन पदमार्ग र गोरेकोट भ्युटावर निर्माण योजना माग गरिएको छ। नरहरिनाथ गाउँपालिका को वडा नं ८ को रहगाड जलविधुत आयोजना, धाँचुखोला जलविधुत आयोजना, गडिँगाउँ पहिरो नियन्त्रण नरहरिनाथ ९, ओडखोला पहिरो नियन्त्रण नरहरिनाथ २, कालेखोला पहिरो नियन्त्रण नरहरिनाथ ५, घट्टेखोला पहिरो नियन्त्रण नरहरिनाथ २ र ३, मर्सिखोला पहिरो नियन्त्रण नरहरिनाथ १, सैनेखोला पहिरो नियन्त्रण नरहरिनाथ ३, रहगाड, गणेशपुर हुदै सुनथरालि विमानस्थलसम्म लिफ्ट सिँचाई, काब्डे देखि बल्दे खुलालु सिँचाई कुलो निर्माण योजना माग गरिएको छ। नरहरिनाथ गाउँपालिका को रुप्सा हुदै मालकोट सडक खण्ड ( भेरे खोला, सैने खोला, थाडिमाडु, र सर्ग ) मा पर्ने करिव ७०० मिटर चट्टान बिस्पोटन गर्न चाहिने बिस्पोटक पदार्थ को माग गरिएको छ। नरहरिनाथ गाउँपालिका बहुउद्देश्यिय सामुदायिक भवन (सभा हल) निर्माणका लागि माग गरिएको छ। ओडिखोला तटबन्धन, लालिघाट देखि गाउँपालिका सम्मको सडकको स्तरोन्नति, लालिघाट देखि सुनथरालि विमानस्थल सम्मको सडक स्तरोन्न्ति, खुलालु रानिखेत सडक स्तरोन्नति र लामासाँघु नुवादेव माडु सडक स्तरोन्न्ति लगायतका योजना माग गरिएको छ भने खानेपानी मन्त्रालयमा माननिय श्री महिन्द्राराय यादव समक्ष उप्पाँया डाँडा भौतेखोला मुहान तुर्केखोला डिके सम्म खानेपानी योजना र बतासे मुहान देखि पाल्त काफलपाटा नाउ अल्लेना हुदै बसन्तपुर खानेपानी योजना माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS