कमल कोपिला
११ फाल्गुण २०८० कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट विभिन्न सभा गोष्ठिहरुमा प्रायजसोः भन्नुहुन्छ,”म भन्दा एक वर्ष जेठो सुनथरालि विमानस्थल हालसम्म पनि संञ्चालनमा आएन तर म कान्छो मान्छे गाउँपालिकाको अध्यक्ष भए। विमानस्थलका बारे बिलौना गरेको सुन्दा आफु मनमनै विमानस्थल संञ्चालनमा ल्याउने प्रण गर्थे। नरहरिनाथ गाउँपालिकाका नागरिकले दन्दका बेला गुमाएको हाँसो फर्काउन, मनमा खुशि ल्याउन आफु निरन्तर लागिपरेर विमानस्थल सुचारु गर्न हरकदम लागिपरेको छु।” उहाँ भन्नुहुन्छ।

नरहरिनाथ गाउँपालिकामा अवस्थित सुनथरालि विमानस्थलको निर्माण कार्य सम्पन्न भएपनि हालसम्म सञ्चालन हुन सकेको थिएन। वि.सं.२०४२ सालमा निर्माणकार्य सुरु गरिएको उक्त्त विमानस्थल यस अघि परिक्षण उडान गरिएपनि आधिकारिक रुपमा भने उद्घाटन नभएको अवस्थामा फाल्गुण १४ गते विमानस्थल उद्घाटन गरिने नरहरिनाथ सरकारका प्रवक्ता प्रदिप बोहोराले जानकारि दिनुभयो।

विमानस्थलको नियमित संञ्चालनको पुर्वसन्ध्यामा विमानस्थल बनाउनकै लागि हालका कालिकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र “ख” का सांसद माननिय हिक्मत बहादुर बिष्ट २०४२ सालको आसपासमा विमानस्थल कोटवाडामा बनाउन आफुहरुले मुद्दा लडेर जितेर ल्याएको सम्झिनुहुन्छ। “उक्त विमानस्थलको संञ्चालनका लागि कालिकोट जिल्ला अझ भनौ सिँगो कर्णालिवासिका लागि सपना थियो। ढिलै भएतापनि डेढ दशकअघिमात्र कर्णालि राजमार्ग सुर्खेत जुम्ला सडकखण्ड निर्माणसँगै कालिकोटबासिको गाडि चढ्ने सपना पुरा भएको थियो। तर वर्षौ पुरानो चिलगाडि चढ्ने सपना भने पुरा हुन सकेको थिएन।”

निर्माणसुरु भएको करिब तिन दशक पछि २०७३ साल माघ २९ गते पहिलो पटक तारा एयरको जहाज परिक्षण उडान गरिएको थियो। पहिलो पटक परिक्षण उडान गर्दा उत्साहित भएका यहाँका नागरिक नियमित उडान नहुदा सन्तोषजनक छैनन। जहाज परिक्षण गरिएको करिब छ वर्ष बित्न लाग्दा बल्ल विमानस्थलको निर्माणकार्य सम्पन्न भएको छ। लामो समयपश्चात जहाज परिक्षण हुँदा खुशि भएका स्थानिय फेरि ०८० फाल्गुण १४ गते उद्घाटन गरि नियमित उडान हुने कुराको उम्मिदमा छन।

उक्त विमानस्थल निर्माणाधिन अवस्थामा रहदा केही श्रमिकहरुले ज्यानसमेत गुमाएका थिए। ३६ जना मजदुरलाई नेपालि सेनाले एकै पटक एकै चिहान बनाएको थियो। त्यसैले त उक्त विमानस्थललाई चिहानमाथिको विमानस्थल भनेर पनि भन्ने गरिन्छ। तत्कालिन १० वर्षे सशस्त्र युद्दताका अछाम आक्रमणपछि आएको नेपालि सेनाको टोलिले विमानस्थलमा काम गरिरहेका ३६ जना मजदुरको हत्या गरेको हो। धादिङ जोगिमारा स्थायि घर भई विमानस्थल निर्माणको सिलसिलमा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानिय कामदारहरुलाई २०५८ सालमा गोलि हानि हत्या गरिएको थियो।

साविक कर्णालिका पाँचवटै जिल्लामा एक-एक वटा विमानस्थल निर्माण गर्ने गरि एकैपटक शिल्यान्यास गरिएको थियो। तर अन्य जिल्लाहरुमा निर्माण कार्य सम्पन्न भएर संञ्चालनमा आएपनि कालिकोटमा अझै पनि विमानस्थल संञ्चालनमा आउन सकेको थिएन। सडकखण्ड नजोडिएकाले र सदरमुकामबाट टाढा हुनाले निर्माण कार्य लम्बिएको र राज्यको पनि दृष्टिकोणमा नपरेको स्थानियहरुको ठम्याई छ। पञ्चायतकालदेखि निर्माण सुरु गरिएको विमानस्थललाई बहुदलिय व्यवस्था हुदै अहिले लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजनितिक दलहरुले चुनावि एजेण्डा मात्र बनाउने तर दिलोज्यान नदिएर लाग्ने प्रवृत्तिले ढिलाई भएको भनेर कतिपय स्थानियहरुको आक्रोश पनि रहेको छ। सशस्त्र दन्द तथा राजनितिक दलका स्थानिय नेताबिचको खिचातानिका कारण विमानस्थल ३९ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको थिएन। विक्रम संवत २०४२ सालमा जिल्ला विकास समितिको रु एक लाखको लागतमा विमानस्थलको निर्माणको थालनि गरिएको थियो।
उक्त विमानस्थल कालिकोट जिल्लाको सदरमुकामबाट तिन किलोमिटर उत्तर पश्चिममा रहेको छ। समुन्द्रि सतहबाट २ हजार १ सय मिटरको उचाईमा रहेको छ। विमानस्थलको धावनमार्गको लम्बाई ६ सय ४० मिटर छ। करोडौँ लगानिमा लामो धावन मार्ग टर्मिनल भवन सुरक्षा गार्ड भवन र प्रशासनिक भवन रहेको छ।

विमानस्थलको नियमित उडान भएपछि यहाँको सम्भावना हरेक क्षेत्रमा प्रचुर सम्भावना रहेको छ। स्थानिय उत्पादनको बजारिकरणसँगै पर्यटन प्रवर्धन, रोजगारिको सिर्जना र विभिन्न ठाउँसँग प्रत्यक्षरुपमा जोडिने भएकाले यहाँका नागरिक थुप्रो आशावादि छन। निर्माणकार्य सम्पन्न भएको विमानस्थलका बारेमा विगतमा थुप्रो विलौना भएतापनि अबको केहि दिनमा उडान हुने कुराले पनि झन उम्मिदमा रहेका छन। विमानस्थलको नियमित उडानकै लागि भन्दै नेपाल पत्रकार महासंघ कर्णालि प्रदेशले विमानस्थलमै केहि समय अगाडि नियमित साधारण सभाको आयोजना पनि गरेको थियो।

उक्त विमानस्थलको कालोपत्रे सकिए पछि पनि विमानस्थलको संञ्चालनमा दबाब दिन र पहलका लागि हामिले गाउँपालिकाको हिउँदे गाउँसभा राखेका थियौ भन्दै विमानस्थललाई गौचरण बन्ने अवस्था आउन नदिन आफु अहोरात्र खटिएको सम्झिनुहुन्छ गाउँपालिकाका अध्यक्ष बिस्ट । म भन्दा एक वर्ष जेठो विमानस्थल हालसम्म पनि संञ्चालनमा आएन तर म कान्छो मान्छे गाउँपालिकाको अध्यक्ष भए । विमानस्थलका बारे बिलौना गरेको सुन्दा आफुलाई विमानस्थल संञ्चालनमा ल्याउने प्रण हुन्थ्यो ।

भौगोलिक हिसाबले विकट कोटवाडा स्थित सुनथरालि विमानस्थल सहज पहुँच नभएकाले तत्काल नियमित जहाज उडान गर्ने स्थिति भने देखिदैन। तर नागरिकको जहाज चढ्ने सपना पुरा गर्न यसको बिस्तार भन्ने पक्कै गरिनुपर्छ। नरहरिनाथ गाउँपालिकाले भने जसरि भएपनि नागरिकलाई नियमित जहाज चढ्न लागेको बताएको छ । प्रवक्ता बोहोराका अनुसार नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँती, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, सांसद र मन्त्रीहरुको सहभागीमा औपचारिक रुपमा विमानस्थलको उद्घाटन हुने भएको हो। यसका लागि नागरिक उड्डयन प्राधिकरणले नरहरिनाथ गाउँपालिकाको कार्यालयलाई सूचना पठाइसकेको बताइएको छ ।

फाल्गुण १४ गते उद्घाटन तथा विमान अवतरण कार्यक्रम गर्ने नरहरिनाथ गाउँपालिकाको तयारि रहेको छ। सो कार्यक्रममा कालिकोट वासि सम्पुर्णलाई सुचना जारि गरि उपस्थितिका लागि गाउँपालिकाले अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
5
+1
0
+1
2
+1
1

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS