२६ फाल्गुण २०८०
कमल कोपिला कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा जडित विधुतको पोल सार्ने क्रममा २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा नरहरिनाथ गाउँपालिका वडा नं ८ चाखाको कालढुङ्गा स्थायी घर भएका बर्ष ४३ का केशब थापा र २५ बर्षका गंग थापा रहेका छन। पुरानो गाडेको पोल उखेलेर नयाँ ठाउँमा सार्ने क्रममा पुरानो पोलले विधुतको मुख्य लाईनमा छुदा करेन्ट लागेर घटनास्थलमै मृत्यू भएको नरहरिनाथ गाउँपालिका सरकारका प्रवक्ता प्रदिप बोहोराले बताउनुभयो।
वहाँका अनुसार, “शनिवार बिहान करिब साढे ८ बजेतिर विधुतको पोल सार्ने क्रममा करेन्ट लागेर नरहरिनाथमा २ जनाको दुखःद निधन भएको हो। मृत्यू हुने केशव मंगलाशैनि माध्यमिक विधालय खिरचौका लालुमा प्रावि स्थायी शिक्षक हुनुहुन्थ्यो भने गंग भर्खरै मात्र कामको शिलशिलामा भारत गएर घर आउनुभएको थियो।”
उक्त ठाउँमा नेपाल विधुत प्राधिकरण वितरण केन्द्र कालिकोटले ६ महिना अघिमात्र ११ हजार भोल्टलाईनको विधुत जडान गरेको थियो। सो घटनाबारे जानकारि प्राप्त भएपछि ईलाका प्रहरि कार्यालय कुमालगाउँबाट प्रहरि निरिक्षक प्रकाश केसिको नेतृत्त्वमा प्रहरिको टोलि त्यहाँ पठाईएको जिल्ला प्रहरि कार्यालय कालिकोटका निमित्त प्रमुख पोषण थापाले जानकारि दिनुभयो ।
हाल नरहरिनाथ गाउँपालिकाको कोटवाडा, कुमालगाउँ र लालुमा विधुतको राष्ट्रिय प्रसारण लाईन टेन्डर आह्वान नगरि बिना प्राविधिक मापदण्ड विपरित धमाधम मनोमानि ढंगले बिस्तार भईरहेको भन्दै चौतर्फि आवाज उठिरहेको छ।