कमल कोपिला
बुधवार, १४ चैत्र, २०८० कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले विभिन्न सिप विकास तालिम दिएर उधमि तयार गरिरहेको छ । आर्थिक वर्ष २०७९/८० मा नरहरिनाथ गाउँपालिकामा उधोग विकास शाखाद्वारा गरिवि निवारणका लागि विभिन्न लघुउधम विकास कार्यक्रम लागु भएका थिए । जसअन्तर्गत नेपालि हाते कागज‚ अल्लोको कपडा बुनाई‚ हाते होजियारि‚ सिलाईकटाई‚ फर्निचरका सामाग्रि निर्माण‚ बेमौसमि तरकारि खेति र कुखुरा पालन सम्बन्धि सिप तालिम कार्यक्रम लागु भएका हुन । नरहरिनाथ गाउँपालिकाको वडा नं ४ र ५ मा यि कार्यक्रम लागु भएर विभिन्न कार्यक्रममा थुप्रो नागरिकलाई सहभागि गराई धेरै जना उधमि बन्न सफल भएका हुन । गरिवि निवारणका लागि लघुउधम समुह बनाएर सक्रिय रुपमा लागेका उधमिहरुमध्ये गाउँपालिकाका वडा नं ४ र ५ का टोप्रा लघुउधम समुहले नेपालि कागजबाट डायरि‚ झोला र कागज बनाउदै आएको छ। त्यस्तै नन्दामाता अल्लो उधोग समुहद्वारा अल्लोबाट कोट‚ झोला‚ टोपि‚ दोसल्ला‚ गलबन्दि र सल लगायतका सामानहरु विगत ४ वर्षअघिदेखि उत्पादन हुदै आएको छ भने टोप्रा सिलाईबुनाई लघुउधम उत्पादन समुहले टोपि‚ पञ्जा‚ मोजा‚ मफलर‚ सुईटर र गमला लगायतका सामानहरु गत वैशाख बाट उत्पादन गर्दै आएको छ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिदै नरहरिनाथ गाउँपालिकामा उधोग विकास शाखाद्वारा यो वर्ष हाउस वायरिङ र बाँसका सामाग्रि बनाउने सिप विकास तालिम दिईएको छ ।
यस्ता सिप विकास तालिमले नरहरिनाथको उधोग क्षेत्रमा समानुपातिक ढंगले औद्योगिक एवं आर्थिक विकासमा मद्दत पुग्ने देखिन्छ । नरहरिनाथ सरकारले पनि उधोगमा लगानी गरी उद्योगको स्थापना गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्दै उनिहरुलाई सहजिकरण गर्दै आएको छ । गाउँपालिकाले विभिन्न कार्यक्रममा अहिले नन्दामाता अल्लो उधोग समुहद्वारा अल्लोबाट उत्पादन गरेका खादा‚ दोसल्ला र टोपिको प्रयोग गर्दै आईरहेको छ । त्यस्तै, गाउँपालिकाले बाहिरबाट ल्याएका खादा लगायतका कार्यालयमा प्रयोग हुने सामाग्रिमा न्यूनिकरण गरेको छ। यसरी नरहरिनाथमा आर्थिक विकास गरी सन्तुलित क्षेत्रीय विकासमा उद्यमीहरूले पनि मद्दत पुर्याईरहेका छन ।
सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने लक्ष्य राखेको भन्दै नरहरिनाथको उधोग विकास शाखाका वरिष्ठ उधम सहजकर्ता दिपेन्द्र बहादुर बिष्ट भन्नुहुन्छ‚“उपयुक्त प्रविधिको अभावका कारण उधमिको अपेक्षाअनुसार उपलब्ध नभएकाले स्तरोन्नतिको सम्बन्धि कार्यक्रम संञ्चालन गर्नुपर्ने देखिन्छ । नयाँ आर्थिक वर्षमा नयाँ उधमि सिर्जना भन्दापनि स्तरोन्नति सम्बन्धि बजेटको व्यवस्था गरि हाल संञ्चालनमा रहेका तालिम तथा व्यवसायकर्मिलाई गाउँपालिकाबाट अनिवार्य स्तरोन्नतिको कार्य गरिनुपर्छ”,उहाँ भन्नुहुन्छ । साथै उहाँले अहिले प्रदान गरिएका सिप विकासका तालिम मार्फत व्यवसायि बन्न समेत आग्रह गर्नुभएको छ ।
नरहरिनाथ गाउँपालिकाले बुधवार बाँसका सामाग्रि बनाउने सिप विकास तालिम कार्यक्रम नरहरिनाथमा सम्पन्न गरेको छ । नरहरिनाथको उधोग विकास शाखाका वरिष्ठ उधम सहजकर्ता दिपेन्द्र बहादुर बिष्टको अध्यक्षतामा, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा, नरहरिनाथ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कटक बहादुर बुढा र नरहरिनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मान बहादुर सहकारिको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै उक्त कार्यक्रममा प्रशिक्षक नगेन्द्र बहादुर बि.सि., जिन्सि शाखा प्रमुख टेक बहादुर महत्तारा, भुमि, व्यवस्थापन तथा नापि शाखा प्रमुख महेन्द्र बोगटि लगायत विभिन्न शाखाका प्रमुखहरु अन्य कर्मचारि पत्रकार लगायतको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको बताईएको छ । उधोग विकास शाखा नरहरिनाथले सबै वडाबाट गरि जम्मा ९ जनालाई उक्त सिप विकास तालिम दिने लक्ष्य राखे अनुरुप सो तालिम फाल्गुण १० गतेदेखि संञ्चालन गरेको थियो तर केहिले बिचमै छोडेर गएका कार्यक्रमका अध्यक्ष तथा उधोग विकास शाखा प्रमुख बिष्टले बताउनुभयो ।
नरहरिनाथका सबै क्षेत्रमा बाँस प्रशस्त पाइने गर्दछ । पशु, चौपायालाई घाँस मात्र खुवाउन लगायत सामान्य कामका लागि मात्र प्रयोग भएको बाँसबाट धेरै सामग्री बनाउन सकिने भएकाले तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । निम्न आय भएका यस ठाउँका नागरिकले यस्तो किसिमका सिप विकास तालिम सिक्दा स्वरोजगार बन्न सक्ने भएकाले बाँसका सामाग्रि बनाउने तालिम अहिलेसम्मकै उत्त्कृष्ट तालिम भएको कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनुभयो । “सिप सिकाउनु पनि रोजगारि दिनु जस्तै भएकाले अब कृषि सँग समन्वय गरेर बाँसका अन्य बिउँ ल्याएर पनि रोप्नु पर्ने भयो । बाँस काटेर सक्ने मात्र नभएर, रोप्न तिर पनि ध्यान दिन पर्ने हुन्छ । नरहरिनाथको उधम शाखासँग समन्वय गरेर यो सिप विकास तालिम सिकेका व्यक्तिले मिलेर बाँसका सामाग्रि बनाउने फर्निचर नै खोल्नु पर्छ र थप सहयोग चाहिए गाउँपालिका तयार छ”, उहाँले भन्नु भयो । साथै आज सम्पन्न सो कार्यक्रममा यो सिप विकास तालिम आफूले सोचे भन्दा राम्रो भएको पनि बताउनुभयो ।
बाँसबाट बन्ने मुढा, कुर्सी, फोटोफ्रेम, ऐनासिसा, पेनस्टेन, ब्रस होल्डर, पुजा बास्केट, स्क्वाएर ट्रे, सादा पेन स्टेन, चुरि स्टेन, कप, टेवल, कपडा राख्ने र्या,कजस्ता सामान बनाउने तालिम ३५ दिनसम्म सहभागिले लिएका छन । आफ्नै घरआँगनमा रहेको बाँसबाट धेरै किसिमका सामग्री बनाउन सकिने भएपछि आम्दानी बढाउन सहज हुने र माथिल्लो लेवलको तालिमका लागि गाउँपालिकाले अझ पहल गर्नुपर्ने सहभागि सुदिप बिष्टले बताए । सम्पुर्ण वडाका ९ जना लाई तालिम दिने भनिएपनि केहिले छोडेर गएपछि स्थानीय ५ जनाले तालिम सिकेका छन । घरायसी काममा प्रयोग हुने बाँसका सामग्री बनाएर स्थानीयलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएकोमा सबै सहभागिले खुशि व्यक्त गरेका छन । यि र यस्तै खालका तालिम मुख्यतयाः अपाङ्गता भएका व्यक्तिहरुलाई दिदा झन उपयुक्त हुने सो तालिमका प्रशिक्षक नगेन्द्र बहादुर बिसिले बताउनुभयो । “म पनि अपाङ्ग हु । यस्तै सिप विकास तालिम सिकेर काम गर्दा शरिरलाई पनि फाईदा हुन्छ । अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिदा झन उपयूक्त हुने थियो।” उहाँले भन्नुभयो । साथै सिकेको सिपलाई निरन्तरता दिन पनि उहाँले आग्रह गर्नुभयो ।
पछिल्लो समय जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ यि र यस्तै कार्यक्रम नरहरिनाथ सरकारले अघि बढाईरहेको छ । उधम विकास कार्यक्रमले उधमि सँग सँगै रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि पनि बढिरहेको बताईएको छ ।
उधमी तयार गर्दै नरहरिनाथ सरकार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
+1
+1
+1
+1