कमल बिष्ट ।
८ वैशाख २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको चौथिकोट आधारभुत विधालय कोटवाडामा विधालय स्तरिय पढाईमेला तथा स्थानिय स्तरका शैक्षिक सामाग्री प्रर्दशन मेला सम्पन्न भएको छ ।

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा, किर्डाक नेपालको सहजिकरण र नरहरिनाथ गाउँपालिकाको समन्वयमा सञ्चालित कालिकोटका बालबालिकाको पढाई, लेखाई सिप सुधार परियोजना अन्तर्गत विधालय स्तरिय पढाई, लेखाई मेला तथा स्थानिय स्तरका शैक्षिक सामाग्री प्रर्दशन मेला शुक्रवार सम्पन्न भएको हो ।

उक्त विधालयका प्रधानाध्यापक टेक बि.क. को अध्यक्षतामा, वडा नं २ का कार्यवाहक वडा अध्यक्ष सविना दर्जिको प्रमुख आतिथ्यता र शिक्षा यूवा तथा खेलकुद शाखा नरहरिनाथ गाउँपालिकाका प्राविधिक सहायक अनिता भट्टको विशेष आतिथ्यतामा सम्पन्न भएको बताईएको छ ।

सो कार्यक्रमको अवसरमा एकल गायन, सामुहिक नृत्त्य, हाजिरिजवाफ प्रतियोगिता र देउडा प्रस्तुत समेत गरिएको थियो भने विद्यार्थी, अभिभावक र शिक्षकबिच बाहिरी ज्ञान र विद्यालयस्तरमा भईरहेका सिकाईको एक अर्कामा आदानप्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको विधालयका प्रधानाध्यापक टेक बिकले बताउनुभयो।

सो मेलामा स्थानीय स्तरमा निर्मित सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको छ ।
कार्यक्रममा बोल्दै विशेष अतिथि भट्टले शैक्षिक सामाग्री प्रदर्शन मेला कार्यक्रम निकै उपलब्धिमुलक भएको र यसले विधार्थिहरुको सिर्जनात्मक र रचनात्मक क्षमता विकासको निरन्तरतामा वृद्धि हुने बताउनुभयो । त्यस्तै, कार्यक्रमका अध्यक्ष तथा चौथिकोट आ. वि.का प्रधानाध्यापक टेक वि क ले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको लेखाइ, पढाइ र सिकाइ सिप वृद्धि गर्न सहयोग पुर्यापउने उदेश्यले संचालन गरिएका यस्ता कार्यक्रमले दुर्गम बस्तीमा राम्रो प्रभाव पार्ने देखिन्छ । पढाई मेलाले विद्यालय, अभिभावक तथा विद्यार्थीलाई थप ऊर्जा हौसला थप्ने र यस्तो कार्यक्रम सञ्चालन नभएका अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो भने स्थानीय स्तरका सामाग्री निर्माणमा सहयोग गर्ने सम्पुर्ण विधार्थि, अभिभावक र शिक्षकहरुलाई धन्यवाद दिनुभयो । किर्डाक नेपालका परियोजना सुपरभाईजर इसरा वुढाले भने स्थानीय स्तरका शैक्षिक सामाग्रीको प्रदर्शन तथा खेर गईरहेका वस्तुहरुको उपयोग गरि बालवालिकाको शिक्षण सिकाईमा दिगो बिकास हुने र कम लगानिमा धेरै उपलब्धी हुने भएकाले यो कार्यक्रम नरहरिनाथमा लागु गरिएको बताउनु भयो ।

कार्यक्रममा किर्डाक नेपालका फिल्ड सुपरभाइजर दुर्गा बुढा लगायत सम्पुर्ण अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS