कमल बिस्ट कालिकोट ।
जुम्ला जिल्लाको हिमा गाउँपालिकाका किशोर किशोरी र युवाहरु दौतरी शिक्षा कक्षा चलाइरहेका छन। दौतरी वा साथी शिक्षण गर्न गाउँका बस्तीहरुमा किशोरकिशोरी तथा युवाहरु सिकाईको अभियान चलाईरहेका छन । समाजमा विद्यमान छाउपडि प्रथा,बाल विवाहको अन्त्य गर्न समुदायका युवा,बालबालिका तथा नागरिकलाई बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार बिषयमा शिक्षा सत्र दिँदै समुदायमा हुने विभिन्न हानीकारक अभ्यासको अन्त्य गर्न यो अभियान गर्न सुरु गरिएको बताईएको छ ।
युवाहरुलाई प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालित सशक्त बालिका परियोजनाबाट जिल्लाको हिमा र सिँजा गाउँपालिकाका ३० जना युवाहरुलाई दौतरी शिक्षा प्रशिक्षक तालिम दिएपछि तालिम प्राप्त युवाहरुबाट अभियान गरि समुदायमा दौतरी शिक्षा सेसन संचालन भएका छन ।
समाजका युवायुवतीहरुले यौन तथा प्रजनन र यौनिकता शिक्षा बारे ज्ञान नपाएको र ज्ञान लिन बढि उमेरका प्रशिक्षक बाट लाज मान्ने भएकाले यौन र यौनिकता,प्रजनन स्वास्थ्य शिक्षाबाट बञ्चित भई विभिन्न हिंसा खेपिरहेका बेलामा आफ्नै दौतरी साथिको सहभागितामा शिक्षा सत्र संचालन गर्दा प्रभावकारी भएको पेस नेपालका सामुदायीक सहजकर्ता संगिता रोकायाले बताउनुभयो । उहाँका अनुसार, “दौतरी शिक्षा शत्रका बेला समुदायमा युवा युवती र किशोर किशोरीले भोगेका यौन र महिनावारी विभेदका हिंसाको उजागर भएको छ । यौन पहिचान पछि समुदायले लगाएका यौनिक व्यवहारहरुको अन्त्य गर्न यस कार्यक्रमले ठुलो सहयोग गर्ने अपेक्षा रहेको छ”, उहाले भन्नुभयो ।
समुदायका अभिभावक र युवाहरुलाई बालविवाह अन्त्य,बृहत यौनिकता शिक्षा,यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार,मानव अधिकार लैङ्गिक विभेद, अनलाइन सुरक्षा र समाजका हानीकारक अभ्यास विरुद्ध पैरवि जस्ता विषयवस्तुमा दौतरी शिक्षा शत्र युवाहरुले हाल चलाउदै आएका छन ।
पेस नेपालले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जुम्ला जिल्लाको सिंजा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको सहकार्यमा विभिन्न परियोजना संचालन गरिरहेको छ । प्लान इन्टरनेशनल नेपाल,कारीतास जर्मन र कारीतास नेपाल तथा अन्य दातृ निकायसँगको साझेदारीमा शिक्षा,स्वास्थ्य,खानेपानी सरसफाई स्वच्छता, प्रारम्भिक बाल विकास,संरक्षण,विपद जोखिम न्युनिकरण, जलवायु परिवर्तन अनुकुलन,पुर्वाधार विकास,एकिकृत खाद्य सुरक्षा र परम्परागत हानिकारक अभ्यास न्युनिकरण जस्ता क्षेत्रमा काम गर्दै आएको संस्थाका सामुदायीक सहजकर्ता रोकायाले बताउनु भयो ।
साथी-साथी बिच सिकाई कक्षा : प्रभावकारी दौतरी शिक्षा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1