२४ जेष्ठ, २०८१ बिहिवार
चन्द्रप्रसाद भट्टराई कालिकोट । गाउँमा नै उपचार गर्न पाएपछि नरहरिनाथ गाउँपालिका वडा नं ९ का नागरिक खुसी भएका छन् । बिहिवार योगि नरहरिनाथ आधारभुत अस्पतालका डा.जितेन्द्र महत्तो सहितको टोलीले दुई सय २५० बढि जनाको विविध समस्याको पहिचान तथा उपचार गरेको हो ।

स्वास्थ्य तथा सरसफाई शाखा नरहरिनाथ गाउँपालिकाको आयोजनामा र नरहरिनाथ गाउँपालिका वडा नं ९ को समन्वयमा सम्भावित क्षयरोगका बिरामीको स्क्रिनिङ्ग तथा एकिकृत स्वास्थ्य शिविर संञ्चालन गरिएको बताईएको छ ।

एक दिने निःशुल्क बृहत् सम्भावित क्षयरोगका बिरामीको स्क्रिनिङ्ग तथा एकिकृत स्वास्थ्य शिविरबाट गाउँमा नै सेवा लिन पाएको भन्दै स्थानीय डब्बले सार्कीले खुसी व्यक्त गर्नुभयो । “लामो समय सम्म पेट दुख्ने र खोकि लाग्ने समस्याले हैरान भएको थिए । हिड्न नसक्ने भएकाले गाउँमै स्वास्थ्य शिविर आएपछि आधारभुत स्वास्थ्य चौकि रानिखेत आएको हुँ । यसरी नै सधैँ शिविर सन्चालन गर्न स्थानिय सरकारलाई अनुरोध गर्छु ।” उहाँले भन्नुभयो । यस्तै, वडा नं ९ निवासि ७० वर्षिया दुर्कला सार्किले लामो समयदेखि घाँटि दुख्ने,पेट दुख्ने र आँखा नदेख्ने समस्याले सताएको र आज उपचार पाएकोमा खुशि रहेको बताईन। र गाउँमा शिविर सञ्चालन हुँदा आफूहरूलाई आर्थिक भार नपरेको र सहज स्वास्थ्य सेवा लिन पाएको दुर्कलाको भनाई छ । हिड्न नसक्ने अन्य ठाउँमा उपचार गर्न धेरै खर्च लाग्ने भएकाले हामिजस्तालाई यो शिविरले निकै टेवा पुर्याएको भन्दै खुशी व्यक्त गर्नुभयो भने नियमित रूपमा गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुनुपर्नेमा जोड दिए।

यस्तो प्रकारको शिविरले गाउँठाउमा विधमान रहेका विभिन्न रोगको पहिचान गरि निर्मुल पार्नका लागि सहयोग पुर्याउने भएकाले स्वास्थ्य शाखाले निरन्त्तरता दिनुपर्ने वडाध्यक्ष प्रदिप बोहोराले बताउनुभयो।

शिविरमा सेवाग्राहीहरुका लागि अल्ट्रासाउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवा बहिरङ्ग सेवालगायतका सेवाहरुको सुविधा रहेको थियो। सो शिविरमा आँखा सम्बन्धि १३६ जनाले परिक्षण गरेको शाखा प्रमुख मान बहादुरसहकारी बताए । उनका अनुसार, गर्भवती स्वास्थ्य जाँच परीक्षण २३ जना, खकार ल्याव जाँच ५५ जना, एचआईभी जाँच ४ जना, हेपाटाईटिस बि १५ जना, युपिटि २ जना, भिडिआरयल १५ जनाले परीक्षण गरेको, बाल टिभि जाँच ४ जना, मलेरिया १ जना, टाईफाईट रोगका लागि २ जनाले जाँच गरेको बताए । यस्तै, बहिरङ्ग सेवा अन्तर्गत सामान्य चेकजाँच एक सय १६४ जनाले गरेका थिए भने हाईपरटेन्सन १० जनामा देखिएको छ । मुटुको बिरामि १ जनालाई रिफर समेत गरिएको छ । एक्सपाईलरी १५ जनामा पोजेटिज देखिएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्ती र क्षयरोग बढी रहेको आँकलन गरिएको ठाउँमा शिविर सन्चालन गरिएको नरहरिनाथ गाउँपालिकाका स्वास्थ्य तथा सरसफाई शाखा सहकारिले बताए ।

आज सम्पन्न सो शिविरमा स्वास्थ्य शाखा प्रमुख मान बहादुर सहकारी, डा.जितेन्द्र महतो, मेडिकल अधिकृत धन बहादुर सहकारी, सिनियर अहेव (क्षयरोग फोकल पर्शन) शर्मिला के.शि. सिनियर अनमि मन्जु गिरी, आँखा ओए बिरेन्द्र प्रसाद न्यौपाने, ल्याव अशिस्टेन्ट कुशल श्रेष्ठ, KIDS जिल्ला अधिकृत चेतराज अधिकारि र ल्याव टेक्निशियन लगायतको टोलिले सेवा प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS