कमल कोपिला
शुक्रबार ७ असार कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं २ स्थित चौथिकोट आधारभुत विधालय आजका दिनबाट २८ औ वर्ष पार गर्दै २९ औ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आज चौथिकोट आधारभुत विधालयले २९ औ वार्षिकोत्त्सव कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष सत लोहारको अध्यक्षतामा, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा नरहरिनाथ गाउँपालिकाका शिक्षा अधिकृत दुर्गलाल न्यौपाने, शिक्षा विभाग प्रमुख जगत बहादुर बिष्ट, शिक्षक महासंघ नरहरिनाथका अध्यक्ष शेर बहादुर बिष्टको बिशेष आतिथ्यतामा र सम्पुर्ण जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सम्पुर्ण विधालयका प्रधानाध्यापक वि व्य स अध्यक्ष, शिक्षक, विर्धार्थि,अभिभावक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक अधिकारकर्मि, सुरक्षाकर्मि तथा पत्रकारको आतिथ्यतामा आज सो कार्यक्रम सम्पन्न भएको हो ।
![](http://localhost/recentnews/wp-content/uploads/2020/06/GET-YOUR-SITE-LIVE-1.png)
सो कार्यक्रमका अवसरमा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले विधालय सुधारोन्मुख तर्फ लागिरहेका बेला अभिभावकहरुले खेल्नुपर्ने भुमिका बढाउन आवश्यक रहेको बताउनु भयो । साथै विधालयको हाता वरिपरि हुने विभिन्न उच्छृङ्खल गतिविधिहरु लाई रोक्न पहल गर्न सम्पुर्णमा आग्रह गर्नुभयो भने बिशेष अतिथि तथा शिक्षा अधिकृत दुर्गलाल न्यौपानेले हाल नरहरिनाथमा विधालय समायोजन आवश्यकताका आधारमा गरिएकोले निकट भविष्यमा आईलाग्ने समस्याको निराकरणका लागि गरिएको भन्दै प्रस्ट पार्नु भयो । साथै सो अवसरमा बोल्नुहुने कार्यक्रमका सम्पुर्ण अतिथिहरुले विधालयको चुनौतिका वापजुत यहाँसम्म आउन सफल भएकोले आगामि दिनहरुमा थप प्रभावकारि ढेगले संञ्चालन गर्न जोड दिनुभयो ।
आज सम्पन्न सो विधालयको वार्षिकोत्त्सव समारोहमा मनोरञ्जनात्मक कार्यक्रम भएको थियो भने सो अवसरमा हिजो सम्पन्न गरिएका विभिन्न प्रतियोगिताहरु पुरस्कार वितरण पनि कार्यक्रम गरिएको विधालय परिवारले जनाएको छ ।
नरहरिनाथ गाउँपालिकाको वडा नं २ चौथिकोट स्थित रहेको सो विधालय अति विकट र शिक्षाको अवसरबाट बञ्चित रहेको दलित समुदायको वस्तिलाई शिक्षारुपि उज्यालो घामको दियो बाल्न आवश्यक रहेको समयमा बिक्रम संम्वत २०५०/२०५१ सालतिर स्थानिय समुदायको विशेष पहलमा नन्दादेवि माईको स्थानमा प्राथमिक तह सम्म विधालय संञ्चालन गरिएको थियो । औपचारिकरुपमा शिक्षकको दरबन्दि पाएसँगै बिक्रम संम्बत २०५२ साल असार ७ गते स्थापना भई विधालयको नियमित पठनपाठन सुरु गरिएको सो विधालयको ईतिहास रहेको छ ।
हाल ५ वटा भवनका ११ वटा कक्षा कोठा रहेका सो विधालयको भौतिक अवस्था निकै नै जिर्ण अवस्था रहेको विधालयका प्रधानाध्यापक टेक बहादुर बि क ले जानकारि दिनुभयो । साथै पछिल्लो समय नरहरिनाथको शैक्षिक स्तर सुधारोन्मोख भईरहेका बेला विधालयको शैक्षिक उपलब्धि उकास्न विधालय परिवार पनि उत्तिकै तवरले लागिपरेको देखिन्छ छ। अहिले सो विधालयको समग्र सिकाई उपलब्धि ६० प्रतिशत रहेको छ । अहिले विभिन्न संघ संस्था र स्थानिय सरकारले पनि उत्तिकै लगानि बढाईरहेका छन ।
आजभन्दा २८ वर्ष अगाडि स्थापना भएको यो विद्यालयमा ईसिडि देखि ८ कक्षा सम्मको पढाई हुन्छ । कुल २ सय ६७ जना विद्यार्थीले अध्ययन गर्ने सो विद्यालयमा हाल ११ जना शिक्षक तथा कर्मचारि कार्यरत रहेका छन् ।