कमल कोपिला
११ असार, कालिकोट ।

आई.एन.एफ. नेपाल कालिकोट जिल्ला शाखा अन्तर्गत नरहरिनाथ गाउँपालिकामा संञ्चालित खानेपानी,सरसफाई,स्वच्छता तथा जिविकोपार्जनको माध्यमद्वारा महिला तथा किशोरीहरुको लागि सशक्तीकरण परियोजनाको सार्वजनिक लेखा परिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आर्थिक नीति तथा कार्यक्रम एवम् विनियोजित बजेटको विवरण अनुसार भए गरेका कामहरूको प्रगती विवरण र समिक्षा सहित नरहरिनाथ गाउँपालिकामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त परियोजनाका संयोजक दल बहादुर बुढाको अध्यक्षतामा,नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष कमल कुमार शाहको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । त्यस्तै,गाउँकार्यपालिकाका सदस्य,सम्पूर्ण वडाका वडाध्यक्ष,सम्पुर्ण विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि,ईलाका प्रहरी कार्यालय कुमालगाउँका प्रमुख तथा प्रतिनिधि,स्वालम्बन समुहका सदस्य तथा सहजकर्ता,संस्थाका टिम लिडर,पत्रकार लगायत अन्य सरोकारवालाहरुको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

”चुस्त,दुरुस्त,पारदर्शिता र सु:शासन,आर्थिक क्रियाकलापमा सबैको अनुशासन” भन्ने मुख्य नारा सहित उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरण टिम लिडर रुप बहादुर शाहिले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन टिम लिडर नयाँ बिश्वकर्माले गर्नुभएको थियो । त्यस्तै,सो कार्यक्रमको स्वागत मन्तव्य टिम लिडर खडगलाल बिश्वकर्माले गर्नुभएको थियो भने सहजीकरण रेडियो सुनथराली एफ. एम.का स्टेसन प्रवन्धक तथा कालिकोट खबर डटकमका अध्यक्ष कमल बहादुर बुढाले गर्नुभएको हो ।

आई. एन. एफ. नेपालले आर्थिक वर्ष २०८०/०८१ मा नितान्त नरहरिनाथको समुदायका लागि ५७ लाख ४५ हजार २ सय ११ रुपैँया बजेट विनियोजित गरेको थियो। ५५ लाख ९८ हजार ५ सय ९९ रुपैया खर्च भएको हो भने १ लाख ४६ हजार ६ सय १२ रुपैँया खर्च हुन बाँकि रहेको भन्दै खर्च विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागी सबैले आ-आफ्नो ठाउँबाट सुझाव, सल्लाह र प्रश्न राखेका थिए । सहभागि स्वालम्वन समुहका सदस्य उमादेवि रावलले सिचाईका कुलो निर्माण गर्न आवश्यक सहयोगको अपेक्षा राख्नुभयो भने खानेपानि पर्याप्त मात्रामा रहेकाले धारा निर्माणको लागि पनि आग्रह गर्नुभयो भने रोजगार केन्द्र नरहरिनाथका संयोजक दिपेन्द्र बहादुर बुढाले नरहरिनाथमा विकास निर्माणका काममा आई. एन. एफ. ले भरपुर सहयोग गरिरहेको र महिलाका लागि जिविकोपार्जनका लागि सशक्तिकरणका कार्ययोजना ल्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

समग्रमा, आई.एन.एफ.ले राम्रो काम गरेको बताईएको छ । आगामी वर्षमा साझेदारी,समन्वय र सहयोगको तादम्यता मिल्न जरुरी रहेको औल्याईएको छ । पारदर्शी र सुशासन कायम गर्न यस्तो कार्यक्रम गर्न जरुरी रहेको बताईएको छ । छलफलका क्रममा नरहरिनाथ सरकारका प्रवक्ता प्रदिप बोहोराले संघ संस्था र सरकारले गरेका कार्यहरुको अपनत्त्व लिन जरुरी रहेको बताउनु भयो । साथै समुदायमा सानो कार्यले पनि राम्रो सन्देश फैलाएको र महिलाहरुको व्यक्तिगत तवरले क्षमता अभिवृद्धि भएकाले भए गरेका क्रियाकलापलाई आगामि दिनमा संस्थाले प्रभावकारि प्रवर्दधन गर्नुपर्ने बताउनुभयो भने प्रमुख आतिथी बिष्टले परियोजना सफल हुनमा महिलाहरुको योगदान उल्लेखनिय भएको भन्दै प्रशंसा गर्नुभयो । आई.एन.एफ. नेपालले आफ्नो गाउँपालिकामा पारिवारिक वातावरणको स्थापना गरेको बताउनुभयो । आई.एन.एफ.सँग गाउँपालिका सरकार समन्वय सहकार्य गर्न सदैव तयार रहेकोले आगामि परियोजनाका लागि अपेक्षा व्यक्त गर्नुभयो । साथै नागरिकको तर्फबाट सरकार र संघ संस्थालाई हेर्ने तौर तरिकामा फरक भएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । ‘गाउँपालिकाले गरेको लगानिमा दत्तचित्त भएर काम नगरिदिने लाहपारबाहि ढंगले काम गर्ने र जति पटक दिए पनि चित्त नबुझाउने तर संघसंस्थाले गरेको लगानिमा उत्कृष्ट काम गर्ने चलन छ। सरकारले लगानि गरेको काममा पनि उत्तिकै सक्रिय भएर समयमै यथोचित काम गर्नुपर्छ।’, उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्नुहुदै विशेष अतिथि शाहले, आई.एन.एफ.ले भौतिक पुर्वाधारतर्फ विकास निर्माणका लागि सानो लगानिमा पनि ठुलो प्रतिफल प्राप्त गर्न सकिने एउटा उदाहरणिय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

त्यस्तै,कार्यक्रमका अध्यक्ष बुढाले,भए गरेका कामको पारदर्शिता,उत्तरदायित्त्व र जवाफदेहि बनाउन कार्यक्रम गरिएको र योजना राम्रा बनाउँदा उचित सफलता प्राप्त गर्न सकिने कुरा औल्याउनुभयो । साथै आगामि वर्षमा पनि यस्तै परियोजना ल्याउन लागिपरेकोले विकास निर्माणमा भए गरेका कार्ययोजनाको अपनत्त्व लिन आग्रह गर्नुभयो । हालसम्म नरहरिनाथ गाउँपालिकामा सहकार्य गर्ने सबै सरोकारवालालाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि काम गर्न आफू उत्साहित रहेको ब ताउनुभयो ।

आई.एन.एफ.नेपालले कालिकोट जिल्लामा बि. सं.२०७३ सालबाट र नरहरिनाथ गाउँपालिकामा बि. सं.२०७६ सालबाट विभिन्न परियोजना लागु गरि काम गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS