- कमल कोपिला

कमल कोपिला कालिकोट ।
निर्वाचन आयोगले पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने पालिका चुनावमा प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको जानकारी दिनुभयो । आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताउनुभयो । उहाँले छिमेकी देश भारतमा समेत स्थानीय तहको चुनाव प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि यो व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो । पालिकाको चुनाव प्रदेश सरकारले गराउनेबारेमा आयोगलाई कुनै आपत्ति नरहेको तर त्यसका लागि अहिलेको कानून फेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुनेमा पनि जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS