कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा निर्माण व्यवसायी संघमा नयाँ पदाधिकारी चयन गरिएको छ। सर्वसम्मत रूपमा चयन गरिएका नयाँ नेतृत्वले संघको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

संघको अध्यक्षमा रतन बोगटी चयन भएका छन् भने उपाध्यक्षमा कृष्ण बहादुर शाही चयन भएका छन्। त्यस्तै, सचिवमा दमन बहादुर बिष्ट र सह-सचिवमा सत्यदेवी बुढा रहेका छन्। संघमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो। नवनिर्वाचित सचिव बिष्टले संघले निर्माण व्यवसायीहरूको हित संरक्षण गर्दै विकास निर्माणका गतिविधिमा सक्रिय भूमिका खेल्ने जानकारी दिए।

संघले स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै गुणस्तरीय निर्माण कार्यमा जोड दिने योजना अघि सारेको छ। यसैगरी, सल्लाहकार समिति संयोजकमा राम बहादुर बटालालाई चयन गरिएको छ। सल्लाहकार समिति सदस्यमा अग्र बहादुर बिष्ट, अमर बहादुर शाही, प्रेम बहादुर बिष्ट, र कटक बहादुर बुढा रहेका छन्। नयाँ नेतृत्वलाई स्थानियस्तरमा स्वागत गरिएको छ।

निर्माण व्यवसायी संघले गाउँपालिकाभित्रको विकासलाई गति दिन र निर्माण व्यवसायलाई मर्यादित बनाउनेतर्फ योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
4
+1
1
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS