कमल कुमार बिष्ट
९ माघ, २०८१, कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा यौनिक तथा लैङ्गिक हिंसा र बाल विवाह न्यूनीकरणसम्बन्धी कानुनी व्यवस्थाबारे धार्मिक तथा स्थानीय अगुवाहरूलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अष्टेलियन एडको आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वयमा र आई.एन.एफ. नेपाल कालिकोट शाखाको आयोजनामा एकदिने कार्यक्रम आयोजना गरिएको हो।
![]()
नरहरिनाथ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तथा धार्मिक अगुवाहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, टोल विकास समितिका सदस्यहरू, पत्रकार, र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
![]()
कार्यक्रमले यौनिक तथा लैङ्गिक हिंसाबाट हुने समस्याहरू र तिनको कानुनी उपचार, बाल विवाहको नकारात्मक असर, र सम्बन्धित कानुनी नीतिहरूबारे जानकारी गराएको थियो। विशेष रूपमा, समुदायमा सकारात्मक परिवर्तनका लागि धार्मिक अगुवाहरूको भूमिकाबारे छलफल भएको थियो। नेपालका कानुनी व्यवस्थाहरू जस्तै दण्ड संहिता, घरेलु हिंसा (कसूर र सजाय) ऐन, र बाल विवाह रोकथाम सम्बन्धी कानुनका प्रावधानहरू पनि सहभागिहरूलाई प्रष्ट पारिएको थियो।
![]()
कार्यक्रमको सञ्चालन आई.एन.एफ. नेपाल कालिकोट शाखाका टिम लिडर नयाँ विश्वकर्माले गरेका थिए भने सहजीकरण डा. शिवनाथ यादव र गोविन्द नेपालीले गरेका थिए।
![]()
सत्रमा सहभागीहरूको यौनिक तथा लैङ्गिक हिंसाको न्यूनिकरणका लागि कानूनी सुधार, शिक्षाको प्रवर्द्धन, र सामाजिक रुपान्तरण आवश्यक रहेको धारणा रहेको थियो । साथै, सफलताका लागि कानुन व्यवसायी, महिला अधिकारकर्मी, र स्थानीय प्रशासनको सहकार्य महत्वपूर्ण हुने धारणा अमेत व्यक्त गरिएको थियो।
![]()
कार्यक्रमले कानूनी चेतना अभिवृद्धि गर्दै सामाजिक रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।



