कमल बिष्ट
१७ विहीवार, माघ २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा आई.एन.एफ. नेपाल कालिकोट शाखाद्वारा संचालित किशोरी तथा महिलाहरूको सशक्तिकरण परियोजना अन्तर्गत सुनौलो बहुउदेशीय सहकारी संस्था लिमिटेडका संचालकहरुलाई ५ दिने लेखा व्यवस्थापन तालिम मंगलबार सम्पन्न भएको छ।

उक्त तालिम अष्टेलियन एडको आर्थिक सहयोग, नरहरिनाथ गाउँपालिकाको समन्वयमा र आई.एन.एफ. नेपाल कालिकोट शाखाको आयोजनामा सम्पन्न गरिएको हो । कार्यक्रमको अध्यक्षता आई.एन.एफ. नेपाल कालिकोट शाखाका सहायक परियोजना अधिकृत रूप बहादुर शाहीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यतामा हिमचुली कृषि सहकारी संस्था लिमिटेडका आन्तरिक लेखा प्रशिक्षक मनिका बोहरा (ऐडि) र सुनौलो बहुउदेशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तारा शाही रहेका थिए । साथै आई.एन.एफ. नेपाल कालिकोट शाखाका टिम लिडर नयाँ विश्वकर्मा लगायत वडा नं १ देखि ९ सम्मका सहकारीका प्रतिनिधिहरुको सक्रिय उपस्थिति रहेको थियो ।

५ दिने तालिमले सहकारी सदस्य संस्थाहरुका भौतिक तथा आर्थिक क्रियाकलापहरुको लेखा-जोखा चुस्त र पारदर्शी राख्ने उद्देश्य राखेर आयोजना गरिएको थियो । यसका दौरानमा लेखा व्यवस्थापनका विभिन्न प्रकार, ग्रोश्वरा भौचर, ग्रोश्वरा भौचर समूह कार्य, तथा सिकाइ खेल जस्ता क्रियाकलापहरू सरल तरिकाले सिकाइएको थियो ।

प्रशिक्षक मनिका बोहरा (ऐडि) ले लेखा व्यवस्थापनका आधारभूत जानकारीहरूमा गहिरो छलफल गर्दै सहभागीहरूलाई समूहमा विभाजन गरी कारोबारलाई भौचरमा उतार्न र उक्त भौचरलाई लेजरमा ट्रान्सफर गरेर सामान्य लेखा राख्ने तरिका सिकाएका थिए । तालिमको समापन र सहभागिहरुको प्रतिबद्धता लेखा व्यवस्थापन तालिमको अन्तिम दिन, सहभागीहरूले लेजर बुक भर्ने तरिका र सन्तुलन परीक्षण तयार गर्ने कार्य गरेका थिए । तालिमका सहभागीहरुले आफैंले आफ्नो संस्थाको लेखा पारदर्शी राख्ने वाचा गर्दै तालिमको समापन गरेका हुन । यो तालिमले सहकारी संस्था सञ्चालन गर्ने प्रतिनिधिहरूलाई लेखा व्यवस्थापनमा दक्ष बनाउने र संस्थाको वित्तीय पारदर्शिता सुनिश्चित गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS