माघ १६ । कालिकोट
अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटाले ६ सय ८६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी हेमन्त राईले ६१५ मत प्राप्त गरेका हुन् । अखिल क्रान्तिकारीको विधानअनुसार १ अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष हुने प्रावधान रहेको छ ।

नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । त्यही अनुसार केन्द्रीय समितिमा ३२ वर्ष उमेरमुनिका विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । त्यसै गरि अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष सापकोटा सहितको निम्न पदाधिकारी बिजयी भएर घोषणा गरिएको छ । अध्यक्षमा विजयप्रकाश सापकोटा, उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल विजयी भएका हुन । महासचिवमा रोशन थापामगर विजयी भएका हुन । त्यस्तै, उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव,निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की विजयी भएका हुन भने सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, सम्कृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जीतेन्द्र भण्डारी, युन्छो हाङ्ग मावो र कोषाध्यक्षमा फूलमाया रानामगर विजयी भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS