कमल बिष्ट । १७ माघ, विहीवार २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ निवासि जीवन सीले दिवंगत आमाबुवाको सम्झनामा ‘स्मृती कोष’ स्थापना गरेका छन । कालिकोटका युवा सामाजिक अभियान्ता जीवन सीले समाज सेवा उमेरले नभई सोचले निर्धारण गर्छ भन्ने उदाहरण दिएका छन् ।

उनले आफ्नो २७ औं जन्मदिनको अवसरमा उनले आफ्ना दिवंगत आमा-बुवाको सम्झनामा ‘स्मृती कोष’ स्थापना गरेका छन् । यो कोषमा हाल अक्षरुपी बीस हजार रुपैयाँ रहेको छ, जसको उद्देश्य उपचार अभावमा समस्यामा परेकालाई सहयोग गर्नु हो ।

जीवन सीका अनुसार, सो स्मृति कोषबाट बिना ब्याज एक महिनाका लागि सहयोग रकम लिन सकिन्छ । रकम आवश्यक परेकाले ९८५८३९१८३८ नम्बरमा सम्पर्क गरेर लिन सक्नेछन् । जुन एक महिनाभित्र कोषमा फिर्ता गर्नु पर्नेछ । सामाजिक सेवाको निरन्तरता जीवन सी कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नं. ४ परगाउँ टोलका बासिन्दा हुन् । वि.सं. २०५४ माघ १५ गते जन्मिएका उनी नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला कमिटी सदस्य, सफल व्यवसायी तथा सामाजिक अभियन्ता हुन् । उनका बुवा कर्ण विश्वकर्मा तत्कालीन माओवादी जनयुद्धका प्राविधिक ग्रुपका सदस्य थिए भने आमा जिरा देवी विश्वकर्मा माओवादी कालिकोट जिल्ला सदस्य थिइन् । आफ्ना आमाबुवाको योगदानलाई सम्झिंदै उनले यो कोष स्थापना गरेका हुन् । पहिलेदेखि नै सामाजिक कार्यमा सक्रिय रहदै यसअघि पनि जीवन सीले विश्वकुना माध्यामिक विद्यालयमा अध्ययनरत २६ जना टुहुरा विद्यार्थीलाई १६ हजार रुपैयाँबराबरको शैक्षिक सामग्री वितरण गरेका थिए । बाल संरक्षण समितिको संयोजक रहँदा उनले बालविवाह, जातीय छुवाछुत तथा अन्य सामाजिक कुरीतिहरू विरुद्ध अभियान चलाएका थिए । समाजसेवामा निरन्तर क्रियाशील यी युवाको योगदानले अन्य युवाहरूलाई पनि समाज परिवर्तनका लागि प्रेरित गर्ने विश्वास गरिएको छ ।

जीवन सीले भने, “मसँग ठूलो धन सम्पत्ति छैन, तर सानो भए पनि पीडितको घाउमा मलम लगाउने प्रयास गरेको छु ।” समाज परिवर्तनका लागि समर्पित यस्ता युवाहरूको पहलकदमीलाई राज्यले पनि समर्थन गर्नु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS