चन्द्र भट्टराई
१७ विहीवार माघ २०८१ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कृषि हाटबजार तथा देउडा सांस्कृतिक कार्यक्रम भव्य रूपमा मंगलबार सम्पन्न भएको छ । अगुवा कृषक सञ्जालको आयोजनामा गाउँपालिकाको प्राङ्गणमा आयोजित सो कार्यक्रममा स्थानीय कृषकहरूले आफ्ना उत्पादनहरू प्रदर्शन तथा बिक्री गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका कार्यवाहक अध्यक्ष कट्क बहादुर बुढाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले हाटबजारलाई निरन्तरता दिइने बताए। लक्ष्मीप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, जिल्ला अगुवा कृषक सञ्जालका सचिव हर्कबहादुर बुढा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

सांस्कृतिक झल्को:
कार्यक्रमको आकर्षण चन्द्र सुर्य देउडा समाज को देउडा प्रस्तुतिले थपेको थियो।

ख्यातिप्राप्त देउडा खेलाडी गंग रावल, जयबहादुर बुढा, अमर बटाला, जयमणि भट्टराई, लालपुरा महतारा बोहोरा, उर्मिला बटालालगायतका कलाकारहरूले देउडामार्फत कृषि उत्पादन, बजार व्यवस्थापन र निरन्तरताको सन्देश दिएका थिए।
हाटबजारको महत्व:
स्थानीय कृषकहरूले स्टल राखेर आफ्ना उत्पादनहरू बिक्री गरे, जसले स्थानीय उत्पादनलाई बजार प्रदान गर्ने र कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्य पूरा गरेको आयोजकहरूले बताए।

अबदेखि हरेक महिनाको १५ गते नियमित रूपमा हाटबजार र देउडा कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ, जसले कृषि तथा संस्कृति दुवैको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS