कमल कोपिला

२५ माघ कालिकोट । जिल्लाको रहरिनाथ गाउँपालिकामा एच.पि.भि. खोप अभियान २०८१ लाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानिय पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण तथा बैठक शुक्रबार सम्पन्न भएको छ ।

सो अभियान अन्तर्गत नरहरिनाथका १८ वटा विद्यालयका १७ खोप केन्द्र तोकिएको छ। माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने यस अभियानमा १४४३ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। साथै, १५ जना अपाङ्गता भएका तथा असहाय किशोरीहरूलाई पनि खोप लगाइने भएको छ।

छोरीलाई दाइजो होइन, जिन्दगी उपहार दिनुपर्छः बिष्ट

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले, अभिभावकलाई गाउँबाहिर रहेका आफ्ना छोरीहरूलाई खोप लगाउनका लागि अनिवार्य रूपमा उपस्थित गराउन अनुरोध गरिएको छ। गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टले अभियानको सुरुवात भइसकेको बताउँदै सफल बनाउन वडा अध्यक्ष, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सरोकारवालालाई पूर्ण रूपमा संलग्न हुन निर्देशन दिनुभयो । उहाँले “छोरीलाई दाइजो होइन, जिन्दगी उपहार दिनुपर्छ” भन्दै अभिभावकहरूलाई छोरीहरूको सुरक्षाका लागि खोप लगाउन प्रेरित गर्न आग्रह गर्नुभयो । एच.पि.भि. खोप अभियानको मुख्य उद्देश्य १०–१४ वर्ष उमेर समूहका किशोरीहरूलाई शत-प्रतिशत खोप सेवा प्रदान गर्नु, महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्नु, तथा एच.पि.भि. खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्नु रहेको छ ।

नेपाल सरकारको पाठेघर तथा पाठेघरको मुखको क्यान्सर रोग निवारण रणनीति र एच.पि.भि. खोप सेवा सञ्चालन कार्यनीति अनुसार यो अभियान माघ २२ देखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको छ। तथ्यांकअनुसार, विश्वभर हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ।

नेपालमा भने हरेक वर्ष २१६९ महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र १३१३ जनाको मृत्यु हुने गरेको छ। पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एच.पि.भि. संक्रमण हो । हालसम्म चिनिएका २०० भन्दा बढी प्रकारका एच.पि.भि. मध्ये १२ प्रजातिले क्यान्सरको जोखिम बढाउने तथ्यांक छ । नेपालमा एच.पि.भि. १६ र १८ प्रकारका संक्रमण बढी देखिएको छ, जसले ८०% क्यान्सरको जोखिम निम्त्याउने गर्छ ।

कालिकोटमा खोप अभियानको प्रगति कालिकोट जिल्लामा यो अभियान तीन चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरणमा ३ हजारभन्दा बढी किशोरीलाई खोप लगाइसकिएको स्वास्थ्य सेवा कार्यालय, कालिकोटका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभएको छ । नेपाल सरकारले हरेक वर्ष फेब्रुअरी ४ (विश्व क्यान्सर दिवस) को अवसरमा एच.पि.भि. खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नरहरिनाथ गाउँपालिकाले पनि यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन प्रतिबद्धता व्यक्त गर्दै सबै अभिभावक, शिक्षक, वडा अध्यक्ष र सरोकारवालाहरूलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS