कमल कोपिला
१६ चैत्र २०८२ कालिकोट । जिल्ला सरकारी वकिल कार्यालय कालिकोटको आयोजनामा सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ७ ठिगेल्नीस्थित ठिगेल्नी आधारभूत विद्यालयमा “समुदायमा सरकारी वकिल” कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता निमित्त जिल्ला न्यायाधीवक्ता ठाकुर राम भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कार्यवाहक वडा अध्यक्ष गोमा सिम्खाडा रहनुभएको थियो। यस्तै अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज सिम्खाडा, प्रहरी सहायक निरीक्षक लोक बहादुर शाही, पूर्व वडा अध्यक्ष मणिलाल सिम्खाडा तथा प्रधानाध्यापक मणि प्रसाद आचार्यको उपस्थिति रहेको थियो।

समुदायका ४० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा निमित्त जिल्ला न्यायाधीवक्ता भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी वकिल कार्यालयको भूमिका र जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो। साथै, फौजदारी मुद्दासम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमको सञ्चालन नायब सुब्बा ध्रुवनाथ योगीले गर्नुभएको थियो। कार्यक्रममा प्रहरी साझेदारी कार्यक्रमसमेत समेटिएको थियो। यस क्रममा प्रहरी सहायक निरीक्षक लोक बहादुर शाहीले साइबर अपराधसम्बन्धी सचेतनामूलक जानकारी दिनुभएको थियो।

ग्रामीण क्षेत्रमा पुगेर यस्ता कार्यक्रम सञ्चालन गरिएकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्। कार्यक्रमको मुख्य उद्देश्य समुदायलाई सरकारी वकिल कार्यालयको भूमिका र कानुनी सेवाबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS