कमल बिष्ट
२५ चैत २०८२, कालिकोट।
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्तर्गत नरहरिनाथ गाउँपालिका जोड्ने सडक स्तरोन्नति सम्बन्धमा नरहरिनाथ गाउँपालिकामा बैठक सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले सडक निर्माण कार्यलाई छिटो अघि बढाउने, आवश्यक जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने तथा पुनर्वाससम्बन्धी तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो।

बैठकमा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण राना मगर, वडा नं. १ का अध्यक्ष जगत बहादुर बिष्ट, वडा नं. २ का अध्यक्ष प्रेम बहादुर बिष्ट, वडा नं. ३ का अध्यक्ष कटक बहादुर बुढा तथा Social Specialist/PLRIP का रूपमा सन्तोष काफ्लेको उपस्थिति रहेको थियो।

बैठकमा आयोजनाको जानकारी, जग्गा प्राप्ति, तथा नापी सर्वेक्षण र पुनर्वास कार्ययोजना तयारी सम्बन्धी विषयमा छलफल गरिएको थियो।

बैठकले सडक निर्माण कार्यलाई छिटोभन्दा छिटो अघि बढाउन आग्रह गर्ने निर्णय गरेको छ।
यस्तै, जग्गा प्राप्ति सम्बन्धी जानकारी PLRIP का कर्मचारीमार्फत संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइने निर्णय पनि गरिएको छ।

त्यसैगरी, पुनर्वास कार्ययोजना तयारीका लागि क्याडास्ट्रल सर्वे (Cadastral Survey) गर्नुपर्ने भएकाले सडकको मार्गाधिकारभित्र पर्ने जग्गाहरूको कित्ता नम्बर, प्रभावित क्षेत्रफल तथा थप आवश्यक क्षेत्रफलको विवरण एक महिनाभित्र तयार पारिने भएको छ। उक्त कामका लागि नापी कार्यालय कालिकोटको प्राविधिक सहयोग लिइने जनाइएको छ।

बैठकले सडकमा पर्ने जग्गाधनीहरूलाई भेला गरी स्वेच्छिक जग्गा दान (Voluntary Land Donation) सम्बन्धमा जानकारी गराउने निर्णय समेत गरेको छ।
स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायले यो सडक स्तरोन्नति कार्यले नरहरिनाथ गाउँपालिकाको यातायात पहुँच र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS