कमल कोपिला
२८ चैत्र २०८२ कालिकोट । स्वास्थ्य तथा सरसफाइ शाखा कार्यालय, नरहरिनाथ गाउँपालिका, कालिकोटको आयोजनामा महिलाहरूको आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान (VIA) सम्बन्धी स्क्रिनिङ तथा उपचारसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार वडा नं. ५ स्थित स्वास्थ्य चौकी रूप्सामा सम्पन्न भएको छ।
शिविरबाट जम्मा ९४ जना महिलाहरूले सेवा लिएका छन्। जसमध्ये ७७ जनाको पाठेघरको मुखको क्यान्सर (VIA) परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ जनामा पाठेघरमा रिङ्ग राखिएको, ४ जनामा PID, २ जनामा cervicitis देखिएको तथा १ जना VIA positive भएकी महिलालाई thermocoagulation विधिबाट उपचार गरिएको जनस्वास्थ्य अधिकृत सृजना महतले जानकारी दिनुभयो ।
महिलाहरूमा बढ्दो पाठेघरसम्बन्धी समस्या तथा क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गरिएको शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, स्वास्थ्य चौकी रूप्साका सम्पूर्ण कर्मचारी तथा सेवा लिन आउने आमा, दिदीबहिनीहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

यसैबीच, आगामी २०८२ साल चैत्र २९ गते वडा नं. ८ स्थित स्वास्थ्य चौकी लालुमा पनि यस्तै VIA शिविर सञ्चालन हुने भएकाले सम्पूर्ण दिदीबहिनीहरूलाई उपस्थित भई सेवा लिन अनुरोध गरिएको छ।

गाउँपालिकाले महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको र समयमै परीक्षण तथा उपचारले जटिल रोगबाट बच्न सकिने सन्देश समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS