कमल कोपिला

२३ चैत्र २०८२ कालिकोट । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ६ बड्डालाकी ७ वर्षीया ममिता फर्सालको आज ट्याक्टरले किच्दा दुःखद निधन भएको छ। स्थानीय दिनेश फर्सालका अनुसार घटना आज भएको हो र दुर्घटनापछि बालिकाको ज्यान गएको पुष्टि भएको छ।

मृतक ममिता, धर्मराज फर्सालकी छोरी हुन्। घटनापछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् भने दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरिएको छ।

यसैबीच, “समाज रूपान्तरण युवा क्लब” लगायत स्थानीय समुदायले घटनालाई आलटाल गर्ने प्रयास भए कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनीहरूले न्यायिक प्रक्रिया पारदर्शी र छिटो हुनुपर्नेमा जोड दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS