कमल कोपिला
१६ चैत्र २०८२ कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले नरहरिनाथ गाउँपालिकामा भएको ज्यान सम्बन्धी घटनामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

![]()
प्रहरीका अनुसार २०८२ चैत १५ गते राति करिब १२:३० बजे नरहरिनाथ गाउँपालिका-३ निवासी २७ वर्षीय मनपुरा अधिकारी (बुढा) आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका श्रीमान २९ वर्षीय काशीराम बुढाले टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भनिएका श्रीमान काशीराम बुढालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
घटनास्थल : 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
4
+1
1


