कमल बिष्ट।
१६ चैत २०८२, कालिकोट।
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ३, कुमालगाउँमा एक २७ वर्षीया महिलाको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

मृतक मनपुरा अधिकारी बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। प्रहरीका अनुसार उनको घरमै मृत्यु भएको हो भने टाउकोमा गम्भीर चोट देखिएको छ।

घटनापछि प्रहरीले मृतकका श्रीमान कासिराम बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आइतबार राति श्रीमानको कुटपिटबाट घटना भएको हुन सक्ने आशंका गरिएको प्रहरीको भनाइ छ।

यद्यपि, नियन्त्रणमा रहेका श्रीमानले भने आफूले कुनै अपराध नगरेको प्रारम्भिक बयानमा बताएका छन्।
मृतकका दुई छोरा र एक छोरी रहेका छन्। अहिले घटनास्थलमा मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा थप अनुसन्धान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार श्रीमान्–श्रीमतीबीच केही समययता पारिवारिक विवाद हुँदै आएको थियो। वडा नं. ३ का वडा अध्यक्ष कटकबहादुर बुढाले दम्पतीबीच लामो समयदेखि मनमुटाव रहेको बताएका छन्।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे मात्र घटनाबारे जानकारी प्राप्त भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
20
+1
3

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS