कमल कोपिला
१९ चैत्र २०८२ कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा यस वर्षको एसईई परीक्षा उत्साहजनक र अनुशासित वातावरणमा सुरु भएको छ। सीमित २ वटा परीक्षा केन्द्रमा केन्द्रित परीक्षा व्यवस्थापनले पहिलो दिन नै सकारात्मक सन्देश दिएको छ।
नन्दादेवी मावि शेरापाटा केन्द्रमा नियमिततर्फ २०४ परीक्षार्थीमध्ये २०३ जना उपस्थित रहँदा केवल १ जनाको मात्र अनुपस्थित देखिएको छ। १११ छात्र र ९२ छात्राको सन्तुलित सहभागिताले पनि केन्द्रको सक्रियता झल्काएको छ। ग्रेड वृद्धितर्फ १७ जनामा १४ जना उपस्थित छन । जसमा छात्रा ९ जना र छात्र ५ जना उपस्थित हुँदा ३ जना छात्र अनुपस्थित रहेका छन्। केन्द्राध्यक्ष प्रेम थापा, सहायक केन्द्राध्यक्ष बलराम बिश्वकर्मा र पूर्ण बहादुर शाहीको नेतृत्वमा परीक्षा व्यवस्थित रूपमा सञ्चालन भएको छ।
त्यस्तै, रमा मावि कालाशिल्ला केन्द्रमा पनि परीक्षा शान्त र व्यवस्थित देखिएको छ। नियमिततर्फ १८९ मध्ये १८८ जना उपस्थित भई १ जना छात्र मात्र अनुपस्थित रहेको तथ्यांकले अनुशासनको स्तर देखाउँछ। ८२ छात्र र १०७ छात्राको उपस्थिति उल्लेखनीय रहेको छ। ग्रेड वृद्धितर्फ ९ जना सबै परीक्षार्थी उपस्थित हुनु सकारात्मक पक्ष बनेको छ। जसमा ३ जना छात्र र ६ जना छात्राको उपस्थिति रहेको हो । केन्द्राध्यक्ष तपेन्द्र महतारा र सहायक केन्द्राध्यक्ष खगेन्द्र प्रसाद रेग्मी लगायतको समन्वयमा परीक्षा सुचारु भएको हो ।
शिक्षा अधिकृत केशवराज खनालका अनुसार, “पहिलो दिन कुनै अवरोध बिना परीक्षा सम्पन्न भएको छ।” आगामी दिनहरू पनि सहज हुने संकेत गरेको छ।

रमा मावि कालाशिल्ला केन्द्रमा आपतकालीन प्राथमीक स्वास्थ्य सहायता कक्ष पनि राखिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS