कमल कोपिला

७ वैशाख २०८३ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही ले गरेका हुन्। कार्यक्रमको अध्यक्षता नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टले गरेका थिए।


उद्घाटन समारोहमा प्रमुख अतिथि शाहीले खेलकुदलाई स्वस्थ जीवन र राष्ट्र निर्माणका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेल क्षेत्रमा अझ बढी प्राथमिकता दिनुपर्ने बताए। उनले खेल पर्यटनको विकास आवश्यक रहेको पनि जोड दिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुवाल, जिल्ला समन्वय समिति प्रमुख धनजित शाही, जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुर केसी लगायत विभिन्न स्थानीय तहका प्रमुख–उपप्रमुख, खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उद्घाटनसँगै भएका प्रारम्भिक प्रतिस्पर्धामा छात्रा भलिबलतर्फ नरहरिनाथ गाउँपालिकाले खाडाचक्र नगरपालिकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। त्यसैगरी ८०० मिटर छात्र दौडतर्फ तिलागुफा नगरपालिकाका अनिल शाही प्रथम, नरहरिनाथ गाउँपालिकाका सुमन सहकारी द्वितीय र पलाँता गाउँपालिकाका शरण बम तृतीय भएका छन्। छात्रातर्फको ८०० मिटर दौडमा तिलागुफा नगरपालिकाकी जेनिशा शाही प्रथम, कर्मिता बुढा द्वितीय र नरहरिनाथ गाउँपालिकाकी सुचना महतारा तृतीय भएकी छन्।


जिल्लाका ९ वटै स्थानीय तहबाट ५०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताका बाँकी खेलहरू भोलि बिहान ७ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS